नारायणपुर महाेत्सव : एलिना चाैहानसँगै रमाए दर्शक, महाेत्सव दुई दिन थपियाे – Kanika Khabar
Monday, February 16Nepali News Portal

नारायणपुर महाेत्सव : एलिना चाैहानसँगै रमाए दर्शक, महाेत्सव दुई दिन थपियाे

    मा प्रकाशित

दाङ, २५ वैशाख ।

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा आज बाह्रौं दिन गायिका एलिना चाैहानकाे प्रस्तुति रहेकाे छ ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज साेमबार गायिका चाैहानले प्रस्तुति दिएकी हुन् ।

गायिका चाैहान पछिल्लो समयमा युवा पुस्ताका लागि रूचाइएकी गायिका हुन् । अहिले चर्चाकाे शिखरमा रहेकी गायिका चाैहान पछिल्लो समयमा देश तथा बिदेशका कार्यक्रममा व्यस्त रहने गरेकी छिन् ।

गायिका चाैहानले धाेकेबाज हाै तिमी, पानी पँधेराे, याे भाग्यमा खाेट छ, दिल दिएर गल्ती गरियाे, विष पिउन मन लाग्छ लगायतका गीतहरू प्रस्तुत गरेकी थिइन् ।

साथै आज महोत्सवमा गायक गायक टाेपेन्द्र बिष्ट, राजकुमार वली, राशी रिजाल, माेडेल सगुन थापा तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनारको प्रस्तुति रहेकाे सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

महाेत्सव तीन दिन थप

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ दुई दिन थप भएकाे छ ।

यसअघि २६ गते सम्मका लागि भनिए पनि दर्शककाे मागका कारण २८ गतेसम्म महाेत्सव चल्ने र २९ गते महाेत्सवकाे समापन गरिने मूल आयाेजक समितिले जनाएकाे छ ।

भाेलि मङ्गलबार रामजी खाँड

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि मङ्गलबार रामजी खाँडकाे प्रस्तुति रहने छ ।

साथै भोलि महोत्सवको घनश्याम केसी, राशी रिजाल, बिबि बुढा मगर, सालिक क्षेत्री , माेडेल सगुन थापा तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनार र डिएमएस डान्स ग्रुपको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्