योजना आयोगको उपाध्यक्ष डा. नहकुल केसी – Kanika Khabar
Monday, February 16Nepali News Portal

योजना आयोगको उपाध्यक्ष डा. नहकुल केसी

    मा प्रकाशित

दाङ, २७ बैशाख ।
लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसी नियुक्त हुनु भएको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिनु भयो ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान रहेको छ ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुनुहुन्छ । लामो समय देखि सामानिक विकासको क्षेत्रमा क्रियाशील डा केसी ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुनुहुन्छ । गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकास संग जोडिएर दशक वढी काम गर्नु भएको थियो । केसी तुलसीपुर उपमहानगरपालिका ६को स्थायी बासिन्दा हुनुहुन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्