६५ जना पशुपालक कृषकलाई दुध बोक्ने क्यान वितरण – Kanika Khabar
Thursday, March 20Nepali News Portal

६५ जना पशुपालक कृषकलाई दुध बोक्ने क्यान वितरण

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले नगरका ६५ जना पशुपालक कृषकलाई दुध बोक्ने क्यान बितरण गरेको छ । हिजो पशु शाखा प्राङ्गणमा भएको कार्यक्रममा कृषकहरुलाई क्यान बितरण गरिएको हो ।

कृषकलाई पशुपालनमा अभिप्रेरित गर्नको लागि नगरपालिकाले क्यान बितरण गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । व्यावसायिक रुपमा पशुपालन गरेका कृषकलाई हौसला स्वरुपमा क्यान बितरण गरेको अधिकारीको भनाइ छ ।

नगरप्रमुख अधिकारीले आगामि वर्षको लागि पनि कृषि तथा पशु क्षेत्रमा विभिन्न कार्यक्रमहरु राखेकोले काम गर्ने किसानलाई नगरपालिका प्रोत्साहन गर्ने जनाउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्