पछिल्लो २४ घण्टामा भारतमा करिब २१ हजार नयाँ सङ्क्रमित थपिए – Kanika Khabar
Friday, September 29Nepali News Portal

पछिल्लो २४ घण्टामा भारतमा करिब २१ हजार नयाँ सङ्क्रमित थपिए

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, दाङ
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ का करिब २१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९ सय ३ नयाँ सङ्क्रमित भेटिएका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार दुइ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण तीन सय ७९ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ८६ हजार ६ सय २६ सङ्क्रमित फेला परेका छन् ।

यो राज्यमा अहिलेसम्म आठ हजार एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म तीन लाख ७९ हजार आड सय ९२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्