पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान सुरु हुने – Kanika Khabar
Monday, February 16Nepali News Portal

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान सुरु हुने

    मा प्रकाशित

काठमाडौँ, २८ वैशाख ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान सुरु हुने भएको छ । खाँणसँग सरकारी वकिलको कार्यालयले आजदेखि बयान लिन सुरु गर्ने भएको हो।

खाँण पक्राउको विषयमा केन्द्रित भएर आजदेखि बयान लिन सुरु गर्ने तयारी भएको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ।

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के(के निर्णय दियो ? लगायतको विषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण र घटनामा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने ।

बुधवार बिहान पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिएको छ । अदालतले दिएको समयसीमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।

आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्