धारावाहिक टेली फिल्म `भावीकाे लेखान्त´ प्रसारण हुँदै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

धारावाहिक टेली फिल्म `भावीकाे लेखान्त´ प्रसारण हुँदै

    मा प्रकाशित

दाङ, २९ वैशाख ।

धारावाहिक टेली फिल्म ‘भावीको लेखान्त’ चाँडै प्रसारणमा आउने भएकाे छ। समाजको यथार्थ घटनालाई विषयवस्तु बनाएर पारिवारिक सामाजिक सिरियल ‘भाविको लेखान्त’ चाडै आउने भएको हो।

कबिरकाे लेखन रहेकाे साे टेली फिल्मकाे निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । यस टेली फिल्ममा तारा केसी, रमेश अधिकारी, कमल भट्ट, गीता थापा, लेखान्त भुसाल, आकृति न्यौपाने, रमेश बुढा मगर, लक्षमन, चौलागाई, प्रबिन पुरी, सबिन घिमिरे, यसु भटट्राई र सुरेन्द्र थपालगायतका कलाकारहरुले अभिनय गरेका छन्।

आमा साबित्रा फिल्मकाे प्रस्तुतिमा निर्माण भएकाे टेली फिल्ममा  क्यामरामा घनश्याम पोख्रेल, मेकअफमा पबित्रा भट्टराई र ब्यवस्थापनमा प्रबिन पुरी रहेका छन्। उक्त टेली फिल्म ‘भाविको लेखान्त’ लेखान्त अफिसियल युट्युब च्यालनमा हेर्न सकिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्