गण्डकी प्रदेश : मन्त्रीपरिषद् विस्तार, थपिए चार मन्त्री – Kanika Khabar
Saturday, May 11Nepali News Portal

गण्डकी प्रदेश : मन्त्रीपरिषद् विस्तार, थपिए चार मन्त्री

    मा प्रकाशित

कास्की, २९ वैशाख ।
गण्डकी प्रदेशको मन्त्रीपरिषद बिस्तार भएको छ । आज शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।
४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ । मन्त्रालयको नाम शपथसगै सार्वजनिक गरिने भएको छ ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्