एमाले नेता टोपबहादुर रायमाझी पक्राउ – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

    मा प्रकाशित

काठमाडौं, ३१ वैशाख ।

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।

प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनका छोरा सन्दीप यसअघि नै पक्राउ परिसके छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्