नयाँका नाममा पपुलिस्ट राजनीति गरिरहेका पार्टीले समाजलाई सही दिशा निर्देश गर्न सक्दैनन् : महासचिव पोख्रेल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नयाँका नाममा पपुलिस्ट राजनीति गरिरहेका पार्टीले समाजलाई सही दिशा निर्देश गर्न सक्दैनन् : महासचिव पोख्रेल

    मा प्रकाशित

दाङ, २ जेठ ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नयाँका नाममा पपुलिस्ट राजनीति गरिरहेकाहरुले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नु पर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो विचार सार्वजनिक गर्दै महासचिव पोख्रेलले नयाँका नाममा पपुलिस्ट राजनीतिक गरिरहेका राजनीतिक पार्टीले समाजलाई सही गन्तव्यमा पु¥याउन नसक्ने जिकिर गरेका हुन् । ‘सधैभरि पपुलिष्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्याउन सकिदैन ।’ उनले लेखेका छन् ।

‘जतिबेला नेकपा(एमाले) बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ त्यतिबेला नेकपा(एमाले) भित्र अन्तरसंघर्ष बढेको वढाइएको र विभाजनको पीडा बेहोर्नु परेको छ । राम्रो काम गर्दा विभाजनको पीडा बेहोर्नु पर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वभाविक नै हो । तर काम गर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ ।’ पोख्रेलले उल्लेख गरेका छन् ।
यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेसभित्र पनि उस्तै रहेको बताउँदै पोख्रेलले यद्यपि कांग्रेसमा उदारवादी यथास्थितिवाद तर्फको झुकाउ बढेका कारणले उसको कार्यकर्ता पङ्क्ति र समर्थकमा भने नेकपा(एमाले) पङ्क्तिको जस्तो पीडाको अनुभूति कम देखिएको उल्लेख गरेका छन् ।

ठुला ठुला संघर्ष र बलिदानको संघर्षवाट हुर्केका नेता र पार्टीभित्रको त्यो पीडा उनीहरुको मात्र कमजोरी ठान्नु ठुलो भुल भएको र त्यसमा भूराजनीतिक स्वार्थहरुको प्रभाव बढी परेको पोख्रेलले बताएका छन् ।
साथै महासचिव पोख्रेलले नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्ने वाह्यशक्तिहरुको चलखेलले नेपाली राजनीति अस्थिर बनेको जिकिर गरेका छन् ।

‘नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र वाटो समाप्त सकेको देखिदैन।
तर नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको पपुलिष्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने कुनै सम्भावना नै छैन । बरु त्यो भूराजनीतिक स्वार्थको गोटी वन्ने सम्भावना बढी रहन्छ । पछिल्लो चुनाव पछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ ।
राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि वढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने एजेण्डा भित्र नै खोज्नुपर्ने हुन्छ । राजनीतिलाई त्यसकै वरिपरि ध्रुवीकृत गर्नुपर्ने हुन्छ ।’ सार्वजविक गरिएको स्टाटसमा उल्लेख छ ।

महासचिव पोख्रेल लेख्छन्, ‘नेपाल जस्तो मुलुकमा उदारवादले व्यापारिक पूँजीवादलार्इ प्रश्रय दिने काम गर्दछ । त्यसको लाभ आम जनताले पाउन सक्तैन । त्यसवाट दलाल नोकरशाही पूँजीवाद नै लाभान्वित वन्न पुग्दछ । नेकपा(एमाले)लाई परमादेशवाट हटाएपछिको पाँच दलीय सरकारले अवलम्वन गरेको नीति उदारवाद नै हो । त्यसको परिणाम के हुदो रहेछ हामीले चरम आर्थिक संकटका रुपमा भोगिरहेका छौँ ।
समाजवाद हाम्रो जस्तो मुलकमा स्वाधीन अर्थतन्त्र निर्माणको बाटो हो । तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागु गरिहाल्न सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक समाजिक विकासको वाटो नै उपयुक्त बाटो हो । तर त्यसका लागि पनि बलियो राष्ट्रिय शक्तिका रुपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनु पर्दछ ।

अहिले जस्तो नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुवीकृत नहुने हो भने बलियो राष्ट्रिय शक्तिको विकास हुन सक्तैन । आजको संकटको समाधान पनि हुन सक्तैन । त्यसैले जनमतलाई विभाजित हुनबाट जोगाऔँ । विचारधाराको जगमा जनमतलाई सुदृढ गरी बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुलाई सुदृढ गरौँ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्