ऊर्जा सहमति : बङ्गलादेशले नेपालसँग खरिद गर्ने – Kanika Khabar
Monday, February 16Nepali News Portal

ऊर्जा सहमति : बङ्गलादेशले नेपालसँग खरिद गर्ने

    मा प्रकाशित

काठमाडौँ, ३ जेठ ।
बङ्गलादेश र नेपालबिच ऊर्जा सहमति भएको छ । सहमति अनुसार बङ्गलादेशले नेपालसँग ४० मेगावाट बिजुली किन्ने भएको हो।

दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।

नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।

दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्