संसदमा आज : प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्न – Kanika Khabar
Monday, February 16Nepali News Portal

संसदमा आज : प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्न

    मा प्रकाशित

दाङ, ४ जेठ ।
संसदमा आज बिहीबार प्रधानमन्त्रीलाई संसदहरुले प्रश्न गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्न गर्ने भएका हुन् ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटों बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यसूची रहेको छ ।

बिहान ११ बजे सुरु हुने बैठकमा प्रश्न गर्नका लागि सांसदहरुले नाम टिपाइसकेका छन् ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने उल्लेख गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्