तेस्रो होलेरी बृहत सांस्कृतिक तथा व्यापार महोत्सव २०८० सञ्चालन हुने – Kanika Khabar
Monday, February 16Nepali News Portal

तेस्रो होलेरी बृहत सांस्कृतिक तथा व्यापार महोत्सव २०८० सञ्चालन हुने

    मा प्रकाशित

दाङ, ४ जेठ ।
राल्पाको होलेरीमा ‘तेस्रो होलेरी बृहत सांस्कृतिक तथा व्यापार महोत्सव २०८०’ सञ्चालन हुने भएको छ । होलेरी बजार व्यवस्थापन समितिको आयोजनामा ‘तेस्रो होलेरी बृहत सांस्कृतिक तथा व्यापार महोत्सव २०८०’ सञ्चालन हुन थालेको मूल आयोजक समितिले जनाएको छ ।

यही जेठ ११ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने महोत्सव लोक कला संस्कृतिको पहिचानसँगै रोल्पा जिल्लाको पर्यटकीय विकासमा टेवा पु¥याउने मूल उद्देश्यका साथ महोत्सवको आयोजना गर्न थालिएको महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिए ।

महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ । महोत्सवमा व्यापारिक स्टलहरु राखिने आयोजक समितिले जनाएको छ । रोल्पा जिल्लाको पर्यटन तथा संस्कृति झल्काउने स्टलहरु पनि महोत्सवमा रहने आयोजक समितिले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्