भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई हिरासतमा राखेर अनुसन्धान गरिने – Kanika Khabar
Monday, February 16Nepali News Portal

भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई हिरासतमा राखेर अनुसन्धान गरिने

    मा प्रकाशित

काठमाडौँ, ४ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

उनलाई शरणार्थी प्रकरणमा भएको ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

यो प्रकरणमा हालसम्म रिजालसहित १६ जना पक्राउ परिसकेका हुन् । पक्राउ पर्नेमा रिजाल १६ औँ नम्बरका अभियुक्त बनेका छन् । आफैँ भुटानी शरणार्थी रिजालमाथि नेपालीलाई नक्कली शरणार्थी बनाउने धन्दामा संलग्न भएको गम्भीर आरोप लागेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्