गुरुकुल एकेडेमीमा रचना रिमाल आउँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

गुरुकुल एकेडेमीमा रचना रिमाल आउँदै

    मा प्रकाशित

घोराही, ५ जेठ।

दाङको घोराही उपमहानगरपालिका–१५ गुरुकुल एकेडेमीमा गायीका रचना रिमाल आउन भएकी छिन । यहि जेष्ठ १५ गते सोमबार रिमाल आउन लागेकी हुन् ।

एसर्ईई दिएका बिद्यार्थी मनोरञ्जन दिने उद्धेश्यका साथ एसर्इई साँस्कृतिक साझको आयोजना गरीएको बिद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेले जानकारी दिएका छन् । उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागी हुनको लागि रिमाल दाङ आउने भएकी हुन । बिद्यालयको प्राङ्गनमा आयोजना गरिने बृहत एसईई साँस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती पनि राख्ने बिद्यालयका नेपाली बिषयका शिक्षक विवेक देवकोटाले जानकारी दिएका छन् ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुको प्रस्तुतिसंगै नेपाली हाँस्य बिधाका कलाकार कमल गाँउलेको पनि प्रस्तुति रहने बिद्यालयले बताएको छ । हाँस्य कलाकार कमल गाँउले र गायिका रिजालको मुख्य प्रस्तुति रहने भएको हो । उक्त साँस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि निशुल्क टिकटको ब्यबस्था गरिएको छ । एसर्इई दिएका बिद्यार्थीहरुका लागि टिकट निशुल्क गरिएको छ भने टिकट प्राप्त गर्नको लागि बिद्यार्थीहरुले एसर्इई परीक्षाको प्रबेश पत्रको फोटोकपी पेश गर्नुपर्ने छ । टिकट बिद्यालय प्रशासनबाट उपलब्ध हुने र बिद्यालय समयमा सम्पर्क गर्नुपर्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्