ज्योतिपूञ्जमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत – Kanika Khabar
Thursday, March 28Nepali News Portal

ज्योतिपूञ्जमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

    मा प्रकाशित

श्रीधर थापा

दाङ, जेठ ५ ।

दाङको घोराहीमा रहेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपूञ्ज मोडेल इङलिस स्कूलले आज एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीहरुको स्वागत गरेको छ ।

दुवै विद्यालयले छुट्टाछुट्टै कार्यक्रम गरेर शैक्षिक बर्ष—२०८० मा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई अविर, माला र पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका हुन ।

ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाकोे सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेय, कोर्डिनेटर तुल्सीप्रसाद शर्मा लगायतकाले विद्यार्थीलाई स्वागत गर्नु भएको थियो । विभिन्न स्थानबाट अध्ययनका लागि ज्योतिपूञ्जलाई रोजेका विद्यार्थीहरुलाई भविष्यमा असल नागरिक हुने गरी आफूहरुले अध्यापन गराउने बक्ताहरुले प्रतिवद्धता ब्यक्त गरेका थिए ।

यसैगरी ज्योतिपूञ्ज मोडेल इङलिस स्कूल रामपुर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्वमा भएको नव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव भण्डारी, कोर्डिनेटर मदन घिमिरेले विद्यार्थीहरुलाई अविर र माला लगाएर स्वागत गर्नु भएको थियो ।

विद्यालयको बार्षिक कार्यक्रम अनुसार दुवै विद्यालयका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि.का प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । नयाँ ब्यवस्थापनका साथ सञ्चालन भएको छोटो अवधिमै ज्योतिपूञ्ज विद्यालयले अभिभावकको मन जितेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्