एकीकृत समाजवादी दाङको अध्यक्षमा केसी – Kanika Khabar
Friday, April 19Nepali News Portal

एकीकृत समाजवादी दाङको अध्यक्षमा केसी

    मा प्रकाशित

दाङ,५ जेठ । नेकपा एकीकृत समाजवादी दाङको पार्टी पुनर्गठन गरिएको छ । एकीकृत समाजवादीको घोराहीमा भएको  विशेष जिल्ला भेलाले भूपबहादुर केसीको अध्यक्षतामा १ सय ७१ जना जिल्ला कार्यसमिति चयन गरेको हो ।

पुनर्गठित एकीकृत समाजवादी दाङको उपाध्यक्षमा डिल्लीबहादुर पुन, गणेशकुमार चौधरी र बिष्णु गुरुङ, सचिवमा जानका रेग्मी,उपसचिवमा डिलबहादुर पुन, सुर्य विसी र प्रेम बुढामगर रहेका छन् । भेलाले कार्यालय सचिवमा गजेन्द्रसिंह खड्कालाई चयन गरेको छ ।

भेलाले जिल्लाका एक सय वडाबाट प्रतिनिधित्व गर्नेगरी एक÷एक जना, प्रत्येक निर्वाचन क्षेत्र, जनवर्गीय संगठनबाट एक÷एक जनालाई जिल्ला कमिटी सदस्य बनाउने निर्णय गरेको नवगठित पार्टीका जिल्ला अध्यक्ष भूपबहादुर केसीले बताए ।

साथै विशेष जिल्ला भेलाले पार्टीको हितविपरित गतिविधिमा संलग्न भएको र स्पष्टिकरण माग गर्दा नदिएकाले एकीकृत समाजवादी दाङका जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष शोभा शाह र सचिव डिल्ली डाँगीलाई साधारण सदस्य समेत नरहने गरी कारवार्ही गरेको जनाएको छ ।

विशेष जिल्ला भेलालाई नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री मेटमणि चौधरी, एकीकृत समाजवादीका लुम्विनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेलगायतले सम्वोधन गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्