काठमाडौँ, ६ जेठ ।
काठमाडौंमा एक जना महिलाले आत्मदाह गरेकी छिन् । उनले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।
रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनले हिजो शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।


