नेपालले जित्यो ४ स्वर्ण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालले जित्यो ४ स्वर्ण

    मा प्रकाशित

कनिका खबर
असार २०, दाङ ।
आईएसकेयु ईन्टरनेशनल अनलाइन काता च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण जितेको छ । नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ का सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा श्रीलंकाका एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण हात पारे । यस्तै, ७ वर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण जिते भने ८ वर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे । उनले श्रीलंकाका थरुशा लकमललाई पराजित गरेका हुन् । यस्तै, महिला १० वर्ष मुनिको स्पर्धामा ईरानकी साबा रोहीलाई पराजित गर्दै दिक्षा महताराले स्वर्ण जितिन् । ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीहरुले ३ रजत पनि हात पार्न सफल भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्