काठमाडौँ, ७ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन सम्बाेधन गर्दै नीति तथा कार्यक्रमकाे प्रतिवादन गर्ने भएका छन् ।
जेठ ४ गते गर्ने भनिएको उनको सम्बोधन प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम भएकाले रोकिएको थियो। तर ओलीले आफ्नो स्वास्थ्य अवस्थाका कारण भनेका थिए। त्यसबेला उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको प्रकरणबारे खुलासा गर्ने उद्घोष गरेका थिए।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछन्।
नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त रहेको भन्दै ओलीले हिजै एमाले नेताहरुलाई विरोधमा बोल्न निर्देशन दिएका थिए। आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ।
छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ। त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ।
सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए।


