सेटिङमा बालविकास सहयोगी कार्यकर्ता छनोटको प्रयास – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सेटिङमा बालविकास सहयोगी कार्यकर्ता छनोटको प्रयास

    मा प्रकाशित

दाङ, ७ जेठ ।

घोराही उपमहानगरपालिकाका दुई विद्यालयमा बालविकास सहयोगी कार्यकर्ता छनोटका लागि सञ्चालित परीक्षामा विवाद भएपछि परीक्षा स्थगित भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ को सिद्ध प्राथमिक विद्यालय हेकराम र वडा नं. २ को आधारभूत विद्यालय चाक्लीघाटमा सेटिङमा बालविकास सहयोगी कार्यकर्ता राख्ने प्रयास भएपछि परीक्षामा सहभागी अन्य प्रतिष्पर्धीले विरोध गरेका थिए । विरोधपछि दुवै विद्यालयका प्रधानाध्यापकले सूचना निकालेर परीक्षा अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

सिद्ध प्राथमिक विद्यालय हेकराममा फणाधर लम्साल र आधारभूत विद्यालय चाक्लीघाटमा गुरूप्रसाद पौडेल प्रधानाध्यापक छन् । दुवै विद्यालयमा बाल विकास सहयोगी कार्यकर्ता छनोटका लागि शनिवार घोराही उपमहानगरपालिका–१५ शान्तिसुधा स्कुलमा परीक्षा तोकिएको थियो । तर परीक्षा हुनुभन्दा पहिले नै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका, परिक्षाका लागि गठन भएको विज्ञ समितिको मिलेमतोमा आफु निकटका सहभागीलाई प्रश्नपत्र देखाउने काम भएको सहभागी प्रतिपर्धीले आरोप लगाएका छन् ।

आफु निकटका सहभागीलाई प्रश्नपत्र पु¥याउनका साथै परिक्षाका लागि पु¥याउनुपर्ने आवश्यक प्रक्रिया नै नपु¥याएर परिक्षा सञ्चालन गरिएपछि सहभागी अन्य परिक्षार्थीहरूले विरोध गरेपछि परीक्षा स्थगित गरिएको स्थानीय शरद पोख्रेलले बताए । उनले नगरको सामाजिक विकास तथा शिक्षा महाशाखाको समेत लापरबाही भएको बताएका छन् ।

‘शिक्षक नियुक्तिका लागि प्रक्रिया हुन्छ । तर आजको परिक्षामा प्रक्रिया नै नपु¥याएर परिक्षा सञ्चालन गरियो । बस्तुगत प्रश्नको परिक्षा भएपछि नतिजा प्रकाशित हुनुपर्ने हो’, उनले भने, ‘तर नतिजा प्रकाशित नगरेर मौखिम रूपमा आफु निकटका सहभागीलाई बाहिरबाट भित्र बोलाउने काम भयो । यो सरासर गलत हो ।’ उनका अनुसार त्यसअघि नै परिक्षाका लागि तयार गरिएको प्रश्नपत्र प्राथमिक विद्यालय हेकरामका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर विष्टमार्फत् परीक्षामा सहभागी पुष्पा विष्ट र दीपा वलीसम्म प¥याइएको थियो ।

विष्ट प्राथमिक विद्यालय हेकराममा शिक्षक अभिभावक संघका अध्यक्ष शोभाकर विष्टकी छोरी र वली आधारभूत विद्यालय चाक्लीघाटका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर वलीकी छोरी हुन् । पीडितका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर विष्टमार्फत फोटोकपी गर्ने बहानामा प्रश्नपत्र परीक्षा सुरु अघि नै पुष्पलाई अन्य सहभागीको आरोप लगाएका छन् । दिलबहादुर शोभाकर विष्टका भाइ हुन । नातेदार परीक्षामा सहभागी भएकाले नियमअनुसार दिलबहादुरलाई प्रश्नपत्र दिन मिल्दैन थियो ।

उक्त विद्यालयमा भाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र दाई शिक्षक अभिभावक संघको अध्यक्षमा रहेका छन् । त्यही मौका छोपेर उनीहरूले छोरीलाई जागिर खुवाउन खोजेको सहभागी अन्य प्रतिष्पर्धीको आरोप छ । परीक्षा सञ्चालनका क्रममा प्राविधिक मिस्टेक भएका कारण परीक्षा स्थगित भएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखा शाखा अधिकृत नारायण पौडेलले बताए ।

‘शिक्षक छनोटका लागि प्रक्रिया हुन्छ । सोही प्रक्रिया अनुसार शिक्षक छनोट हुनुपर्छ’,शाखा अधिकृत पौडेलले भने, ‘प्रक्रियागत रूपमा हुन नसकेका कारण परिक्षास्थीत भएको छ ।’ सिद्ध प्राथमिक विद्यालय हेकराममा बाल विकास सहयोगी कार्यकर्ताका लागि पुष्पा विष्ट र टिकाकुमारी भण्डारी र आधारभूत विद्यालय चाक्लीघाटमा दिपा वली र गीता मल्ल परीक्षामा सहभागी भएका थिए । चाक्लीघाटमा चारजनाले फाराम भरे पनि दुई जनामात्रै परीक्षामा सहभागी भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्