दंगीशरणमा महिलाका लागि सशक्तिकरण तालिम – Kanika Khabar
Friday, March 29Nepali News Portal

दंगीशरणमा महिलाका लागि सशक्तिकरण तालिम

    मा प्रकाशित

दंगीशरण,७ जेठ ।

दंगीशरण गाउँपालिकाको आयोजनामा वडा नं. २ का महिलाहरुका लागी महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिमको सम्पन्न भएको छ ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्का वलीको अध्यक्षतामा तालिमको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वली खड्काले महिला सशक्तिकरणको सवालमा आफु निरन्तर अगाडी बढेको र महिलाहरूको हरेक सुख दुःखमा सारथी बन्ने बताइन ।

उपाध्यक्ष खड्काले महिलाहरुलार्इ सिपमुलक तालिमका साथै आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु आफुले अगाडी बढाएको बताइन । ‘पहिलेको तुलनामा महिलाहरुको नेतृत्व विकास तथा सशक्तिकरणको पक्षमा धेरै परिवर्तन आएको छ’,उपाध्यक्ष खड्काले भनिन्,‘महिलामा आएको परिवर्तन देख्दा खुसी लाग्ने गर्दछ ।’ उनले महिलामाथि हुने बिभेद र लैङ्गकि हिंसा न्यूनीकरणमा महिलाहरु नै सचेत भएर लाग्नुपर्ने बताइन ।

समापन कार्यक्रममा अन्य सहभागी महिलाहरुले आफुहरुको नेतृत्व विकास र सामाजिक काममा आफुहरुको सहभागीतामा वृद्धि भएको बताएका थिए । ३ दिन सम्म संचालित महिला सशत्तिःकरण तालिमको मुख्य प्रशिक्षकमा महिला मानवअधिकार रक्षक संजाल दाङकी सुष्मा गिरी रहेकी थिइन । तालिमको सहजीकरण महिला बालबालिका साखा दंगीशरणकी चन्द्रा वलीले गरेकी थिइन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्