दाङ, ९ जेठ ।
लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री राजु खनालले दाङको घोराहीमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् ।
नेपाली कांग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बनेपछि आफ्नो गृह जिल्ला दाङको घोराहीमा रहेको विपी कोइरालाको शालिकमा आज बिहान माल्यार्पण गरेका हुन् ।
मन्त्री खनालले आज बिहान दाङको प्रसिद्ध धार्मिक स्थल अम्बिकेश्वरी मन्दिरमा पुगी पूजा आरधना पनि गरेका छन् । पूजा आरधना तथा दर्शनका लागि मन्दिर पुगेका मन्त्री खनालले धार्मिक पर्यटकका रुपमा रहेका मन्दिर तथा धामको स्तरोन्नतिका लागि प्रदेश सरकार सकारात्मक रहेका बताएका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपभापति खनाललालाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वास्थ्य मन्त्रीमा सोमवार नियुक्त गरेका हुन् ।
खनाल दाङ निर्वाचन क्षेत्र नम्बर २(१) बाट बिजय प्रदेश सदस्य हुन ।


