विद्यार्थीबीच प्रहरीको एक दिन – Kanika Khabar
Thursday, April 18Nepali News Portal

विद्यार्थीबीच प्रहरीको एक दिन

    मा प्रकाशित

शिवराज खनाल
देउखुरी, १० जेठ ।

सधैँ झोलामा किताब–कापी बोकेर विद्यालय जाने गोरखा मोडल सेकेन्डरी स्कुल लमही, दाङमा कक्षा ८ मा अध्यनरत नित्या गौतमलाई मंगलवार भने प्रहरी कार्यलयमा जाने भनेर खबर आयो । प्रहरीको खबरसँगै उनको मनमा धेरै कुरा खेले ।

प्रहरी भन्नेबित्तिकै उनको मनमा डर पैदा भयो । प्रहरीले दिएको समयमा उनी सहित साथीहरूको वडा प्रहरी कार्यलय लमही कार्यालयमा पुगे । नित्या मात्रै होइन शिक्षक समेत वडा प्रहरी कार्यालयमा भेला भए । प्रहरी कार्यालयको गेट पार गर्दैगर्दा ‘प्रहरी’ शब्दले सानैदेखिको डर सबै विद्यार्थीको अनुहारमा प्रष्ट देखिन्थ्यो ।

प्रहरीले नागरिकलाई दिने सेवाबारे बुझ्न र आफू चेतनशील भएर समाजमा अरूलाई समेत सचेत गराउने उद्देश्यले प्रहरीले उनीहरूलाई बोलाएको थियो । ‘मलाई प्रहरी भन्ने बित्तिकै डर लाग्ने गर्दथ्यो, प्रहरीले के काम गर्छन् होला, मान्छे पिट्ने डर देखाउनेजस्ता काम मात्र त होला नि भन्ने सोचेको थिए, प्रहरीको काम त धेरै नै हँुदोरहेछ’, उनले भनिन् । नित्याकै साथी शिशिर गिरीले पनि प्रहरीबारे बुझेका रहेनछन् ।

प्रहरी भन्ने बित्तिकै उनको मन पनि अनेक डर र त्रासको भय थियो । अझै पनि समाजमा ‘प्रहरी’ शब्द सुन्ने बित्तिकै धेरै जसोलाई अप्रिय घटनासँग सम्बन्धित व्यक्तिको झल्को आउने गर्दछ । झैझगडा, लुटपात, अपराध, अनैतिक क्रियाकलाप, लडाइँ, पक्राउ, मिलापत्रजस्ता घटना र अवस्था कतिपयका आँखामा झल्झल्ती नाच्ने नै गर्छन् ।

प्रहरीको जिम्मेवारी अपराधी नियन्त्रण, घटना अनुसन्धान र शान्ति–सुव्यवस्था कायमजस्ता क्षेत्रमा मात्रै सीमित छैन भन्ने छर्लङ्ग नहुँदा प्रहरी, समाजभन्दा परको जस्तो ठान्ने धेरै भेटिन्छन् । घरेलु हिंसा, लागूऔषध दुव्यर्सनबिरूद्ध सचेतना, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलगायत बारे सर्वसाधारणलाई चेतनशील बनाउने जिम्मेवारी पनि प्रहरीले लिएको हुन्छ ।

वडा कार्यलय लमहीले प्रहरी–नागरिकबीच दूरी घटाउँदै ‘प्रहरी हाम्रै लागि स्थापित निकाय हो’, भन्ने विश्वास दिलाउन विद्यार्थीबीच ‘प्रहरीसँग एक दिन’ अभियान सञ्चालन गरेको हो । विद्यार्थीमा प्रहरीको भूमिका, कानुन, सामाजिक कर्तव्य र जिम्मेवारीको सञ्चार गर्नसके अपराध नै घटेर जाने प्रहरीको विश्वास छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठकाअनुसार बाल्यकालदेखि नै कानुन, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य सिकाउनसके बालबालिका सचेत बन्छन् र युवा र बालबालिका सचेत हुनु भनेको आपराधिक कार्य धेरै हदसम्म घटाउन सकिन्छ । श्रेष्ठले भने, ‘बालबालिका र युवा कहिले जानेर अनि कहिले नजानेर अपराधमा प्रयोग भइरहेका छन्’, उनले भने, ‘समाजमा कस्ता काम गर्नुपर्छ, कस्ता कामलाई कानुनले अपराध मानेको छ भन्नेबारे पनि विद्यार्थीलाई सिकाउँदैछौँ’, श्रेष्ठले भने, ‘यस्ता कार्यक्रमले अपराधमुक्त समाज निर्माणमा सहयोग पुग्छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्