विद्यालयस्तरीय फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

विद्यालयस्तरीय फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

    मा प्रकाशित

दाङ,१० जेठ ।

दाङमा विद्यालयस्तरीय फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि भोली विहीवारसम्म टिम दर्ताका लागि समय दिइएको छ ।

जिल्ला फुटवल संघ दाङ र दाङ जिल्ला फुटवल रेफ्री संघको संयुक्त आयोजनामा हुन थालेको दाङ एन्फा अध्यक्ष कप अन्तरविद्यालयस्तरीय प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
प्रतियोगितामा सहभागी हुने फुटवल जिल्लामा रहेका प्याब्सन, एन प्याब्सन र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको टिम प्रतियोगितामा अहिलेसम्म ४० भन्दामाथि विद्यालय सहभागीका लागि टिम दर्ता गरिसकेका छन ।

अन्य टिमले दर्ताका लागि २०८० जेठ ११ गते १ बजेसम्म दर्ता गर्न सकिने रेफ्री संघ दाङका सचिव खुम वलीले जानकारी दिएका छन् । जिल्लामा फुटवल खेलको विकास र विस्तारसँगै विद्यालय तहदेखि क्षमतावान् खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजारसहित कप, मेडल र प्रमाणपत्र र द्वितिय हुने टिमले २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

टिम दर्ता शुल्क ४ हजार रहेको दाङ जिल्ला फुटवल संघका अध्यक्ष संजात धितालले जानकारी दिएका छन् । यहि जेठ १२ गतेदेखि दाङको तुल्सीपुर र नारायणपुरमा प्रतियोगिता हुने जानकारी भएतापनि दाङको वेलझुण्डी रंगशालामा खेल गराउन पहल भै रहेको सचिव वलीले वताए । प्रतियोगिताको टाइसिट प्रकाशन २०८० जेठ ११ गते २ बजे वेलझुण्डी कार्यालयमा हुने भएकोले दर्ता भैसकेका र छुटेका सम्पूर्ण विद्यालयलाई उपस्थित भैदिन हुन आग्रह गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्