नेपाली काङ्ग्रेस दाङ २(२)काे अन्तरक्रिया सम्पन्न – Kanika Khabar
Monday, February 16Nepali News Portal

नेपाली काङ्ग्रेस दाङ २(२)काे अन्तरक्रिया सम्पन्न

    मा प्रकाशित

दाङ, १२ जेठ ।

नेपाली काङ्ग्रेस दाङ २(२) काे आयाेजनामा वर्तमान राजनीतिक अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

राजनीतिक तरलता बढ्दै गएकाे अवस्थामा नेपाली काङ्ग्रेसले राजनीति तरलताकाे न्यूनीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने वक्ताहरूले बताएका छन् ।

राजनीतिक अस्थिरता बाक्लिदै जानाले नागरिकमा निराशा बढ्दै गएकाे कार्यक्रमका बक्ताहरूले बताए ।
विगतमा देशकाे विषम परिस्थितिमा काङ्ग्रेसले नेतृत्वदायी भूमिका निभाएका कारण पनि काङ्ग्रेस जनताकाे आशाकाे केन्द्र रहेकाे निचोड बक्ताहरूले निकालेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभासद् प्रचण्ड बिक्रम न्याैपाने (गुन्टु), महासमिति सदस्य भूपबहादुर डाँगी, महासमिति सदस्य पृथ्वी चाैधरी, लुम्बिनी प्रदेश सदस्य जानुका केसी, लुम्बिनी परदेश प्रतिनिधि डा. जयबहादुर टन्डन, जिल्ला सचिव बालिका लम्साल, जिल्ला सदस्य निर्मल कुमार न्याैपाने, नेपाली काङ्ग्रेस घाेराही नगर सभापति तिलक रावत, नेपाली काङ्ग्रेस दाङ २(२)  का काेषाध्यक्ष  शङ्कर नेपाली, नेपाली काङ्ग्रेस वडा नम्बर १० का इकाई सभापति देवबहादुर वली, वडा नम्बर ९ का सभापति महेन्द्र दाहाल, वडा नम्बर ८ का सभापति कुलप्रसाद रजाैरे (श्रवण)लगायतले बिचार राखेका थिए ।

नेपाली काङ्ग्रेस दाङ २(२)का सभापति अभियान बस्नेतकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङका सभापति शङ्कर डाँगीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

उपसभापति शरद समीपकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव तिलक केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्