मेट्रो कलेजमा अपराध अनुसन्धान नमुना ‘सो’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मेट्रो कलेजमा अपराध अनुसन्धान नमुना ‘सो’

    मा प्रकाशित

तुलसीपुर, १२ जेठ ।

तुलसीपुर मेट्रो कलेजमा अपराध अनुसन्धानको नमुना प्रदर्शनी गरिएको छ । कलेजको बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले अपराध भएपछि त्यसको कसरी अनुसन्धान गर्नुपर्दछ भन्ने कुराको प्रदर्शनी गरेका थिए । अपराध भएको ठाउँमा प्रमाणहरु कसरी संकलन गर्ने, नष्ट हुनबाट रोक्ने र अपराध भएको ठाउँको संरक्षण गर्ने भनेर विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । अपराध अनुसन्धानलाई कसरी वैज्ञानिक र तथ्यपरक बनाउन सकिन्छ भन्ने बारेमा उनीहरुको विशेष जोड थियो ।

‘अपराध अनुसन्धानका क्रममा हुने साना त्रुटीले पनि दोषि उम्कने र निर्दोषले सजाय पाउने सम्भावना हुने भएको हुँदा यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर ध्यान दिनुपर्दछ ।’ कार्यक्रमका योजनाकार अध्यापक कोशिस गिरीले बताए । कार्यक्रममा विद्यार्थीको नमुना प्रदर्शनी हेरिसकेपछि दाङ्ग जिल्लाका प्रहरी प्रमुख विरबहादुर वलीले प्रशंसा गर्दै कानूनका विद्यार्थीहरुले सानो गल्ति गर्दा पनि धेरै क्षति हुने बताए । प्रविधिको विकाससँगै अपराध नयाँ नयाँ तरिकाबाट हुने गरेको बताउँदै अनुसन्धानका क्रममा साना भन्दा साना कुरामा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो । ‘अनुसन्धान निकै जटिल काम हो तर पनि हामीले यसलाई अत्यन्त सजगताका साथमा गर्नुपर्दछ’ प्रहरी प्रमुख वलीले भने ।

अपराधी पहिचानका लागि घटनास्थल महत्वपूर्ण हुने भएको हुँदा घटनास्थलको सुरक्षा महत्वपूर्ण हुने उनको भनाई थियो । पछिल्लो समय अपराधमा युवाहरुको संलग्नता बढ्दै गएको भन्दै उनले कतिपय थाहै नपाएर अपराधका जोडिने पनि बताए । ‘हामीले लहलहैमा लागेर कहिल्यै पनि गलत काम गर्ने सोच राख्नु हुँदैन, कुनै पनि काम गर्दा सोचेर मात्रै गर्नुपर्दछ’ उनले भने कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख मानबहादुर रावतले विद्यार्थीहरुले सिकेको कुरालाई ब्यवहारमा लागु गर्दा सीपको विकास हुने बताए । उनले तुलसीपुर मेट्रो कलेज स्थानीय सरकारको गौरबको आयोजना भएको भन्दै यसलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका पूर्व वरिष्ठ उपाध्यक्ष सुशिल बस्नेत, व्यवसायी बिमल रिजाल, टोपबहादुर घर्ती, कलेज प्रमुख वसन्त आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक गोपाल उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यार्थी प्रकाश वलीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्