गुरुकुल एकेडेमीमा ‘किड्स मिनी मार्केट’ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

गुरुकुल एकेडेमीमा ‘किड्स मिनी मार्केट’

    मा प्रकाशित

घोराही,१२ जेठ ।

दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको गुरुकुल एकेडेमीले ‘किड्स मिनी मार्केट’ संचालन गरेको छ । विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने बस्तुको बारेमा जानकारी दिने उद्देश्यले किड्स मिनी मार्केट सुभारम्भ गरेको हो ।

विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एकदिनका लागि मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घघाट्न गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैक्षिक क्यालेण्डर अनुसार बालबालिकाहरुलई दैनिक जीवनमा आवश्यक पर्ने उपभोग्यबस्तुहरुको बारेमा जानकारी दिने उद्देश्यले मिनी मार्केट सञ्चालन गरिएको बताए ।

मन्टेश्वरीमा अध्ययनरत गर्ने विद्यार्थीहरुलाई दैनिक उपभोग्य बस्तुको बारेमा जानकारी दिनेसँगै किनमेल गर्न अभ्यस्त गराउने उद्देश्यले प्ले गु्रपदेखि ३ कक्षासम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि मिनी मार्केट सञ्चालन गरिएको बताए ।

मिनी मार्केटले विद्यार्थीलाई आफ्नो इच्छा अनुसारको सामान किन्न सक्के क्षमताको विकास गर्ने र आफूलाई दैनिक जीवनमा आवश्यक बस्तुको बारेमा जानका गराउने गुरुकुल एकेडेमीका सह–प्रध्यानाध्यापक गिरी बताउँछन् ।

विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरुका लागि फरक–फरक शैक्षिक क्रियाकलापहरु भइरहने भएतापनि थप यस्ता क्रियाकलापले विद्यार्थीलाई सिर्जनशील बनाउने र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

मार्केटमा फलफूल, स्टेशनरीका सामान, मन्टेश्वरी, आइसक्रिम, पानीपुरी, चटपटे, कस्मेटिकलगायतका विभिन्न सामग्रीहरु राखिएको विद्यालयका मन्टेश्वरी संयोजक रचना पौडेलले जानकारी दिएकी छिन । मन्टेश्वरी टिमका शिशिकाहरु मार्केट संचलान गरेका हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्