विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

    मा प्रकाशित

विराटनगर, १३ जेठ ।
आज शनिवार बिहानदेखि विराटनगरमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

कोशी प्रदेश सभाको बैठक भोलि आइतबारका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पहिचानवादी पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवत जावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोशी नामाकरण गरेको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्