आज प्रतिनिधिसभा बैठक बस्दै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आज प्रतिनिधिसभा बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, १३ जेठ ।
आज शनिबार प्रतिनिधिसभा बैठक डाकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि शुक्रबार बस्न नसकेको संघीय संसद् प्रतिनिधिसभाको बैठक शनिबारका लागि डाकिएको हो ।

शुक्रबारको पहिलो बैठक सभामुख देवराज घिमिरेले २० मिनेटका लागि स्थगन गरेका थिए। सो समयमा बैठक बस्न नसकेपछि सुचना निकालेर दिउँसो ३ बजे बस्ने भनिएको थियो। त्यसबेलासम्म पनि सहमति नजुटेपछि पुनः साँझ ६ बजेका लागि डाकिएको थियो ।

तर सहमति हुन सकेन र बैठक शनिबारलाई सारियो । आज अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन्।

आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षका एक सांसदले पशुपतिनाथ मन्दिरको गजुरमा सुन भनेर पितलको जलहरी लगाएको आधारहीन आरोप लगाएको भन्दै नेकपा एमाले सांसदले बेल घेराउसहित विरोध गरेका थिए।

सभामुख घिमिरेले पटकपटक उनीहरूलाई बस्न आग्रह गरेका थिए। तर, सरकारबाट प्रष्ट जवाफ नआएसम्मसंसद्‌ अवरोध कायम रहने एमालेको अडान छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्