यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना

    मा प्रकाशित

भुवन शर्मा
काठमाडौँ, १३ जेठ ।

पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा कार्यरत रहे। तर अधिकांश समय उनले तलब भत्ता बुझेनन्।

टण्डनले शिवस्व लाग्छ भनेर तलबभत्ता नै नबुझेको थाहा पाएपछि तत्कालीन रानी ऐश्वर्य शाहले उनलाई ‘तपाईंलाई अप्ठयारो परेको होला, थोरै भए पनि तलब बु्झ्नुहोस्’भनी आग्रह गरिन्। रानीको आग्रहलाई इन्कार गर्न नसकेपछि उनले मासिक २ हजार रुपैयाँ तलब बुझ्न थाले। तर त्यसको पनि १० प्रतिशत रकम उनी विकास कोषलाई नै बुझाउँथे। टण्डन २०४४ देखि २०५० तथा २०७० देखि २०७४ सम्म ११ वर्ष २ महिना विकास कोषमा सदस्य सचिव तथा कोषाध्यक्ष भई काम गरेका थिए। ‘मैले पशुपति क्षेत्रमा काम गर्दा लामो समय तलब, भत्ता, सुविधा केही लिइनँ, यहाँसम्म कि पानी र खाजासमेत घरैबाट लगें,’ टण्डनले भने, ‘तत्कालीन महारानी ऐश्वर्यको आग्रहमा महिनाको २ हजार बुझ्न थाले। त्यसको पनि १० प्रतिशत रकम कोषलाई नै बुझाउँथें।’ पशुपतिनाथ मन्दिरको चलअचल सम्पत्ति एक रुपैयाँ पनि हिनामिना गरे शिवस्व लाग्ने टण्डनले बताए। ‘तर पुजारी तथा भण्डारीहरूले इमानदारीपूर्वक लिने तलबभत्तामा भने शिवस्व लाग्दैन,’ उनले भने। टण्डनका अनुसार शिवस्वको विषयमा धार्मिक ग्रन्थहरूमा पनि व्याख्या गरिएको छ।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा यो विषय उल्लेख छ। प्रतिवेदनमा पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउने विषयमा अनियमिता भएको जनाइएको छ। यो विषय अख्तियारसम्म पुगेको थियो।

‘शिवस्व लाग्नु भनेको महापाप हो,’ उनले भने। २०७७ सालमा पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको पुष्टि भएपछि शिवस्वको प्रसंग आएको हो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए।

तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो पालामा पशुपतिनाथको मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्र्ने विषयमा करोडौें रकम हिनामिना भएको हो। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा यो विषय उल्लेख छ। प्रतिवेदनमा पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउने विषयमा अनियमिता भएको जनाइएको छ। यो विषय अख्तियारसम्म पुगेको थियो। ‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरेको छ। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन।’

‘शिवस्व लाग्नु भनेको महापाप हो,’ उनले भने। २०७७ सालमा पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको पुष्टि भएपछि शिवस्वको प्रसंग आएको हो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए।

प्रतिवेदनअनुसार सञ्चालक परिषद्को २०७७ माघ १४ गते बसेको बैठकले सुनको जलहरी निर्माणका लागि आवश्यक ज्याला दातामार्फत सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ। ‘सुनको खरिद कार्य रू.८० करोड ११ हजारमा भएको देखिन्छ। सो जलहरी निर्माण कार्यका लागि दाताबाट बेहोरेको रकमको हिसाब लेखांकन गरेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिल्समार्फत उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेस गरेको छैन।’

दाताबाट प्राप्त नगद तथा जिन्सीको लेखांकन नभएकाले जलहरी निमाणमा भएको खर्चको विवरण यथार्थ आउन नसकेको प्रतिवेदनमा उल्लेख छ। ‘सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखांकन हुनुपर्नेमा परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकाले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखांकन नभएकाले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन सकेन,’ प्रतिवेदनमा भनिएको छ।

 टण्डनले भने, ‘तत्कालीन महारानी ऐश्वर्यको आग्रहमा महिनाको २ हजार बुझ्न थाले। त्यसको पनि १० प्रतिशत रकम कोषलाई नै बुझाउँथें।’

कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १०८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग भएको छ। बाँकी सुन गायब बनाइएको आरोप कोषका पदाधिकारीहरूमाथि छ। २०७७ फागुन ११ गते साँझ ५ बजे पशुपतिको शिवलिंगमा जलहरी लगाउने काम सकिएको जनाइयो। त्यसै दिन राति ८ बजे मुचुल्का तयार गरियो। मुचुल्कामा जलहरीमा ९७ केजी मात्र सुन खपत भएको र बाँकी ११ केजी सुनको रिङ बनाइएको जनाइयो। शिवलिंगमा जलहरी लगाउने काम पूरा भएको भनिएको तीन घन्टामै ११ केजी सुनको रिङ कसरी तयार गरियो भन्ने प्रश्न उठेको छ। विकास कोष स्रोतका अनुसार ३ घन्टामै ११ केजी सुनको रिङ बन्यो भन्ने दाबी पत्याउन सकिने आधार छैन।

२०७७ फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरीको उद्घाटन गरेकी थिइन्। त्यस अवसरमा १०८ केजी सुनको जलहरी लगाइएको घोषणा गरिएको थियो। उद्घाटन कार्यक्रम पनि एकाएक तय गरिएको थियो। २०७७ फागुन ११ गते साँझ एकाएक उद्घाटन कार्यक्रम तय गर्न कोषका केही व्यक्तिले गुपचुप काम गरेका थिए। पशुपति दर्शन गर्न गएका बेला ओलीले पशुपतिको शिवलिंगमा १ अर्ब रूपैयाँ बराबरको सुनको जलहरी शिवलिंगमा लगाउने घोषणा गरेका थिए। त्यसपछि शिवलिंंगमा सुनको जलहरी लगाउने निर्णय कोषका पदाधिकारीले गरेका थिए ।नागरिकबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्