विगत ३ महिनाबाट सडकमा रात बिताउने न्यौपानेको उदार – Kanika Khabar
Monday, February 16Nepali News Portal

विगत ३ महिनाबाट सडकमा रात बिताउने न्यौपानेको उदार

    मा प्रकाशित

निरला अर्याल
 दाङ, जेठ १५ ।
तुलसिपुर बाट सडक आश्रित मानवको उद्दार गरिएको छ । शनिबार राति तुलसीपुर पातु खोला किनारा बाट एक पुरुषको उदार गरिएको हो ।
मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा प्रहरी, नागरिक समाज, अधिकारकर्मी, कर्मचारी, पत्रकार लगायतको टोलीले उदार गरेको हो । सल्यान दमाचौर घर बताउने अन्दाजी ५० वर्षका घनश्याम न्यौपाने लाई तुलसीपुरको पातु खोला किनाराबाट उदार गरिएको हो । विगत ३ महिनाबाट खोलाको किनारमा बास बस्नु भएको घन्यौपानेले घरमा आमा, भाई, दुई छोरी र एक छोरा भएको बताउनु भएको छ । भने श्रीमती अरूको घरमा काम गर्दै आफ्नो जीविकोपार्जन गरेको बताउनु भयो । म दिनभरि अरूको काम गर्न जान्छु उनले भने दिएको पैसाले खाना खान्छु तर सुत्न यहि किनारा मा आउँछु मलिन स्वर मा भने । मानसिक रूपमा समेत असन्तुलन रहेको उनले नेपाली र अङ्ग्रेजी अक्षर राम्रो संग पढेर समेत सुनाए ।
मानव सेवा आश्रमले जुनसुकै समयमा सडक पेटीमा रात बिताउने हरुको उदार गरेपनि शनिबार भने विशेष उदार अभियान सञ्चालन हुने गरेको आश्रमका संयोजक हिरु जोशीले बताउनु भयो । देशका १९ ओटै शाखा हरुबाट शनिबार विशेष उदार अभियान एकै समयमा हुने गरेको समेत जानकारी दिनु भयो ।
विविध कारणले खुल्ला आकशमुनि रात बिताउने हरुको लागि उदार गर्न जुनसुकै समयमा जानकारी गराउन जोशीले अपील गर्नु भएको छ । अहिले आश्रममा २३ महिला ३३ पुरुष र ३ नाबालक सिसु गरी ५९ जना रहेका छन् । मुठी मुठ्ठी को सहयोगले धेरै पुण्य काम भएको हुनाले सहयोगी हातले साथ दिन प्रमुख जोशीले सम्पूर्णमा आग्रह गर्नु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्