दाङ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं.१५ मा रहेको गुरुकुल एकेडेमीमा गायीका रचना रिमालको दमदार प्रस्तुति रहेको थियो । एसइई दिएका बिद्यार्थिहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको हो। उक्त साँस्कृतिक साँझ कार्यक्रममा गायिका रीमाल संगै हाँस्य कलाकार कमल गाउले पनि सहभागि जनाएका थिए । बिद्यालयको प्राङ्गनमा आयोजना गरीएको बृहत एसईई साँस्कृतिक कार्यक्रममा गायिका रीमालले आफ्नो प्रस्तुती राखेकि हुन भने हाँस्य कलाकारले समाजमा भएका यथार्थ घटनालाई हाँस्य ब्यंङय मार्फत आफ्नो प्रस्तुति राखेका हुन । कार्यक्रममा मुख्य आकर्षणको रुपमा रहेकि गायिका रीमालले फोटो फेरेममा , तिम्रो प्रिति कहिले हो कि , नबस टाढा टाढा ,टन्नै पैसा कमाउला भन्थ्यौ ,तिमि त पोखराको , सुनन पियारी लगायत दर्जन बढि गित गाएकि थिइन भने उपस्थित बिद्यार्थिहरु रचनाका गितमा हुटिङ गर्दै रमाएका थिए । उक्त साँस्कृतिक कार्यक्रममा सहभागि हुनको लागि निशुल्क टिकटको ब्यबस्था गरीएको थियो । एस इ इ साँस्कृतिक साझमा गुरुकुल एकेडेमीका बिद्यार्थिहरु सजना पौडेल ,अर्जुन श्रेष्ठ ,सुदिप डाँगि ,कृतज्ञा न्यौपाने ,आकृति वली ,सम्भव योगि ,रीतेश निरौला रनिश्चल न्यौपाने लगायतका बिद्यार्थि र शिक्षक विशालमान श्रेष्ठ ,सुरज खाति लगायत आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा बिद्यालयका संचालक समिति सदस्य राम चन्द्र कंडेलले गुरुकुलले प्रदान गर्ने शिक्षा बारे आफ्नो भनाई राख्नुभएको थियो । साथै उँहाले दाङ जिल्लामा फरक तरीका बाट शैक्षिक हवको रुपमा बिकास गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । एसइइ साँस्कृतिक साझँ कार्यक्रममा बिद्यालयका प्लस टु संयोजक निमानन्द गैरेले गुरुकुल एकेडेमीमा कक्षा ११ मा भर्ना भई आफ्नो भविष्य सुनिश्चित गर्न अनुरोध समेत गर्नुभयो साथै उँहाले बिद्यालयको शैक्षिक बातावरणको जानकारी पनि गराउनुभएको थियो । बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता तथा बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यता संगै बिद्यालयका संचालक समितिका सदस्य रामचन्द्र कंडेल , पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ब्यबस्थापन संकायका संयोजक कृष्णदेव थापाले गर्नुभएको थियो भने कार्यक्रमको ब्यबस्थापन नेपाली बिषयका शिक्षक विवेक देवकोटाले गनुभएको थियो ।


