सगरमाथामा निर्वाचनद्वारा क्याप्टेन र सहायक क्याप्टेनको चयन – Kanika Khabar
Monday, February 16Nepali News Portal

सगरमाथामा निर्वाचनद्वारा क्याप्टेन र सहायक क्याप्टेनको चयन

    मा प्रकाशित

जेठ, १९,दाङ ।
सगरमाथा बोर्डिङ स्कुल घोराही–४ गोग्ली दाङमा निर्वाचन प्रकृयाद्धारा क्याप्टेन र सहायक क्याप्टेनको चयन गरिएको छ । कक्षा १ देखि कक्षा १० सम्मका ३०८ जना विद्यार्थीहरुले निर्वाचन प्रकृयाद्वारा एक वर्षका लागि क्याप्टेन र सहायक क्याप्टेन चयन गरेका छन ।
निर्वाचान प्रकृयामा रारा,फेवा,तिलिचो र बेगनास गरि चार वटा हाउसका विद्यार्थी भाइ बहिनीले भाग लिएका थिए ।
चार हाउसमध्ये फेवा हाउसका कक्षा ९ का छात्र जीवन परियारले ९३ मत लिई स्कुल क्याप्टेनमा विजयी भएका थिए भने उनका निकट्तम प्रतिस्प्रधि बेगनास हाउसकी वन्सिका बुढा मगरले ७२ मत प्राप्त गरेकी थिइन । साथै सहायक क्याप्टेनमा बेगनास हाउसवाट कक्षा ८ का छात्र यन पुनले सर्वाधिक १०५ मत ल्याई विजयी भएका थिए भने उनका निकट्तम प्रतिस्प्रधि फेबा हाउसकी कक्षा ८ की छात्रा आयुश्री जी.एम.र सोही कक्षामा अध्ययनरत तिलिचो हाउसका छात्र मानव के.सीले बराबरी ७६ मत प्राप्त गरेका थिए ।
कक्षा १ देखि कक्षा १० सम्मका ३०८ जना विद्यार्थीमध्ये २९० अर्थात ९४.१५ प्रतिसतले निर्वाचनमा सहभागिता जनाएको र २९० मत मध्ये ६ मत बदर भएको जानकारी प्रमूख निर्वाचन अधिकृतको भूमिकामा रहनु भएका विद्यालय प्रशासन प्रमूख वसन्त जी.एम. ले दिनुभएको थियो ।
साथै उक्त निर्वाचन कार्यलाई सम्पन्न गराउन विद्यालयका प्रिन्सिपल पोषण न्यौपानेले निर्वाचन आयुक्तको भुमिकामा रहनु भएको थियो । साथै उहाँले यस्ता रचनात्मक कार्यले प्रजातान्त्रिक शासन ब्यवस्थामा विद्यार्थीहरुको ज्ञान, सीप हासिल गर्न, राष्ट्रिय निर्वाचनमा हुने बदर मतलाई कमी गर्न सहयोग गर्न सक्ने

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्