सचेतनामुलक कार्यक्रम सम्पन्न – Kanika Khabar
Thursday, April 18Nepali News Portal

सचेतनामुलक कार्यक्रम सम्पन्न

    मा प्रकाशित

घोराही, २० जेठ ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग र स्वच्छ नेपालको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ५ मा घरेलु हिसां, लैगिंक हिसां तथा मानव वेचविखन सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

स्वस्च्छ नेपालका अध्यक्ष विन्दु गिरीको अध्यक्षता तथा वडा अध्यक्ष लेख बहादुर थापाका प्रमुख आतिथ्यतामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।

सचेतना कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले हिंसा रहित परिवार, समाजले मात्र समतामुलक र सम्मुन्त राष्ट्र निमार्ण गर्न सकिने बताउनुभयो । यस्ता विषयबारे आम नागरिकहरुलाई जानकारी दिनका लागि सचेतना कार्यक्रम निकै महत्वपूर्ण हुने धारणा राख्नुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष वसुन्धरा गौतम र महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुशीला पौडे्लले प्रशिक्षण दिनुभएको थियो । तालिममा ३५ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेखा शर्माले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्