नेपाल संस्कृत विश्वविद्यालयमा १३ वर्षपछि दीक्षान्त कार्यक्रम हुँदै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपाल संस्कृत विश्वविद्यालयमा १३ वर्षपछि दीक्षान्त कार्यक्रम हुँदै

    मा प्रकाशित

दिपक वली

दाङ २० जेठ ।

नेपाल संस्कृत विश्वविद्यालयको १३ वर्षदेखि रोकिएको दिक्षान्त कार्यक्रम यस वर्ष हुने भएको छ ।
विभिन्न प्राबिधिक कारणले नेपाल संस्कृत विश्वविद्यालयका उत्पादन अहिले सम्म दीक्षित हुन सकेका थिएनन । देशभर १४ वटा आङ्गिक क्याम्पस रहेको नेपाल संस्कृत विश्वविद्यालयबाट प्रत्येक वर्ष सात सयभन्दा बढी विद्यार्थीहरुले विभिन्न तह र संकाय उत्तीर्ण गर्छन् । ती सबै विद्यार्थीहरुलाई हरेक वर्ष दीक्षान्त समारोह गरेर विश्वविद्यालयले मूल प्रमाणपत्रसहित दीक्षित गर्नुपर्छ । तर नेपाल संस्कृत विश्वविद्यालयले एक दशक यता दीक्षान्त समारोह नै गर्न सकेको थिएन । २०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह ग¥यो । वर्षेनी सयौं विद्यार्थी उत्तीर्ण गराउने विश्वविद्यालयले बिभिन्न कारणले विद्यार्थी दीक्षित गर्न भने सकेको थिएनन ।

नेपाल संस्कृत विश्वविद्यालयमा हुने राजनीतिक खिचातानीले विद्यार्थी दीक्षित गर्ने महत्वपूर्ण काममा विलम्व हुँदै आएको थियो । विश्वविद्यालयको नेतृत्व राजनीतिक नियुक्तिबाटै आउने भएकाले कहिले पदाधिकारी र कुलपति, सहकुलपति फरक–फरक विचारका आउने भएकाले समन्वय नहुने र दीक्षान्तका लागि चाहिने बजेटसमेत नपाउने अवस्थाले दीक्षान्त हुन नसकेको हो । त्यही मारमा विश्वविद्यालयका हजारौं विद्यार्थी परेका छन् ।

आज भन्दा १३ बर्ष अगाडिको दिक्षान्त कार्यक्रमको खर्च बजेट एउटा दीक्षान्त समारोहका लागि ३५ देखि ५० लाखसम्म खर्च हुने गरेको छ । धेरै बर्ष देखि हुन नसकेको दीक्षान्त कार्यक्रम यस वर्ष गर्दा बजेट पनि धेरै खर्च हुने अनुमान नेसंविले गरेको छ । हरेक सामानको मुल्य बढ्नु विदेशी पाहुनालाई ब्यबस्थापन गर्नु दिक्षित विद्यार्थि धेरै हुनु लगायतका कारणले यस बर्षको दिक्षान्त कार्यक्रम करीव ७५ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव तथा रजिष्टार माधव अधिकारीले जानकारी दिए ।

कुनै पनि विश्वविद्यालयको दीक्षान्त समारोह अभिभावक तथा विद्यार्थीहरुका लागि उत्सव जस्तै हो त्यसैले विश्वविद्यालयका धेरै उत्पादनहरुले मूल प्रमाणपत्र नपाउँदा सरकारी मान सम्मान तथा अवसरबाट बञ्चित हुनुका साथै बैदेशिक यात्रामा पनि समस्या परेको बताउँछन ।

तेस्रो दीक्षान्त समारोह २०५७ सालमा आयोजना गरेको विश्वविद्यालयले १० वर्षपछि २०६७ सालमा चौथो दीक्षान्त समारोह आयोजना गरेको थियो । नेसंविका उपकुलपति विदुर पौडेलको कार्यकालमा २०६७ मा दीक्षान्त समारोह भयो । त्यसपछि शिवहरि मरहट्ठा उपकुलपति भए । उनको कार्यकालमा २०७० सालमा एउटा विशेष दीक्षान्त समारोह भएको थियो सो दिक्षान्त समारोहमा डा. स्वामी प्रपन्नाचार्यलाई दीक्षित गरिएको थियो ।

यसपालि भने जेठ ३१ गते दीक्षान्त समारोहकाे तय भएकाे छ ।

दिक्षान्त समारोहको ब्यापक तयारीमा नेपाल संस्कृत विश्वविद्यालय लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा भीमप्रसाद खतिवडाले जानकारी दिए ।

करिव ५ हजार विद्यार्थी दीक्षित हुन बाँकी

२०६७ देखि २०७६ सम्मका करिब ५ हजार विद्यार्थी दीक्षित हुन बाकी छन् । विश्वविद्यालयको शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (विएएमएस), आचार्य र विद्यावारिधि गरेका ४ हजार ७ सय ७२ जना विद्यार्थी दीक्षित हुन बाँकि भएका हुन् । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीमप्रसाद खतिवडाका अनुसार २०६७ सालदेखि २०७६ सम्म शास्त्री उत्तीर्ण १ हजार ७६, बिएड २ हजार ८ सय ४४, आचार्य ५ सय ४७, विद्यावारिधि १६५ जना र बिएएमएस १४० गरी जम्मा ४ हजार ७ सय ७२ जना विद्यार्थी दीक्षित हुन बाँकी रहेको शिक्षाध्यक्ष खतिवडाले जानकारी दिए । तर यस वर्ष दीक्षित हुनको लागि ४७७२ जनामा जम्मा ५३४ जनाले अनुमति लिएका छन । जसमा शास्त्री उत्तीर्ण भएका १६३ जना , आचार्य उत्तीर्ण १४० जना ,बिएड ८८ जना , विद्याबारीधि ११३ जना र बिएएमएस ३० जना गरी जम्मा ५३४ जना दीक्षित हुने भएका छन । जेष्ठ ३१ गते हुने दिक्षान्त कार्यक्रम प्रधानमन्त्री तथा कुलपति पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा हुने तथा दीक्षित गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा बनारसको सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति / प्रोफेसर हरेराम त्रिपाठि,सहकुलपति शिक्षामन्त्री अशोक राई लगायतका अतिथिहरु उपस्थित हुने कार्यक्रम तय गरिएको छ ।
यो वर्ष आयुर्वेद स्नातक तह (विएएमएस) का विद्यार्थीहरुसमेत थपिएकाले ती विद्यार्थीहरुलाई विश्वविद्यालयमा दीक्षित गर्न कस्तो गाउनको व्यवस्था गर्ने भन्ने बारेमा विश्वविद्यालयले अझै नीति ल्याएको छैन । कुलसचिव अधिकारीका अनुसार विश्वविद्यालय सभाबाट गाउनमा के कस्तो साजसज्जा राख्ने भन्नेबारेमा थप छुट्टै निर्णय गर्नुपर्ने व्यवस्था छ । त्यसका साथै दीक्षान्त समारोहको तयारीका लागि विश्वविद्यालयको छिट्टै सभा आयोजना गर्न थालिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्