प्रथम बाल चलचित्र महोत्सव : नायक भुवन केसी दाङ आउने – Kanika Khabar
Monday, February 16Nepali News Portal

प्रथम बाल चलचित्र महोत्सव : नायक भुवन केसी दाङ आउने

    मा प्रकाशित
दाङ । नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी दाङ आउने भएका छन् । आगामी असार १ देखि ३ गतेसम्म दाङमा हुने प्रथम बाल चलचित्र महोत्सवमा नायक केसी आउने भएका हुन् ।

चलचित्र विकास बोर्डका प्रवक्ता एवम् प्रथम बाल चलचित्र महोत्सवका संयोजक केएल बुढाथोकीका अनुसार नायक केसीले “बालबालिकासंग भुवन केसी” कार्यक्रम मार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तर्कृया गर्नेछन् । नायक केसीसंगै महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको सहभागिता रहनेछ ।
चलचित्र विकास बोर्डले  बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा  प्रवर्द्धन गर्ने उद्देश्यले   दाङमा असार १ देखि ३ गतेसम्म  प्रथम बाल चलचित्र महोत्सव आयोजना गरेको छ ।
महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्र ज्ञान सम्बन्धी हाजिरी जवाव, चलचित्र गीतमा नृत्य प्रतियोगिता, अभिनय प्रतियोगिता, बालबालिकासंग भुवन केसी पुस्तक  तथा फोटो प्रदर्शनी तथा  अन्तर्किया कार्यक्रम आयोजना गरिने बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताए । साथै महोत्सवमा स्थानीय समुदायका लोकनृत, झाँकी तथा साँस्कृतिक प्रस्तुति रहनेछ ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्