वडास्तरीय क्रिकेट प्रतियोगिताको चौथो दिन, वडा १५ र १ विजयी – Kanika Khabar
Friday, April 19Nepali News Portal

वडास्तरीय क्रिकेट प्रतियोगिताको चौथो दिन, वडा १५ र १ विजयी

    मा प्रकाशित

हिमाल महरा
घोराही, २१ जेठ ।

घोराही उप–महानगरपालिका वडास्तरीय क्रिकेट क्रिकेट प्रतियोगिताको आइतबार चौथो दिनमा २ वटा खेलहरु सम्पन्न भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित घोेराही क्रिकेट रंगशालामा जारी घोराही उपमहानगरपालिका वडास्तरीय क्रिकेट प्रतियोगिताको आइतबार भएको दुई खेलमा वडा नं. १५ र १ विजयी भएका हुन् ।

आज बिहान वडा नम्बर १५ र वडा नम्बर ६ बीच भएको पहिलो खेलमा वडा नम्बर १५ विजयी भएको छ । वडा नम्बर १५ ले टस जितेर सुरुमा ब्याटिङ गर्दै निधारित २० ओभरमा ७ विकेटको क्षेतिमा १५५ रन बनाउन सफल भएको थियो । शिशिर डाँगीले ४९ बलमा ६ वटा चौकाको मद्धतले उत्कृष्ट ५९ रनको ल्याउन सफल भएका थिए । त्यस्तैगरी वडा नम्बर १६ का बलर देव भण्डारीले ४ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिएका थिए ।

१५६ रनको टार्गेट लिएर जवाफी व्याटिङमा आएको वडा नम्बर १६ ले निर्धारित पुरै ओभरमा ७ विकेटको क्षेतिमा १२१ रन बनाउन सफल भएको थियो । अशोक भण्डारीले ३१ बलमा ३० रन बनाउदा अरु ब्याट्स म्यानले रन बनाउन सकेनन्। १२१ रनमा रोक्नका लागि वडा नम्बर १५ का बलर आशिष ओली उत्कृष्त ४ ओभर बलिङ गर्दै २५ रन दिएर ४ विकेट लिएका थिए । बडा नम्बर १५ का शिशिर डाँगी म्यान अफद म्याच भएका थिए।

त्यसैगरी आज भएको दोस्रो खेल वडा नम्बर १ र २ बिच भएको खेलमा ४६ रनले बडा नम्बर १ विजयी भएको छ । वडा नम्बर १ ले टस जितेर पहिला ब्याटिङ गर्दै निधारित २० ओभरमा ९ विकेटको क्षेतीमा १२३ रन बनाउन सफल भएको थियो । वडा नम्बर १ को लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका जगत शार्कीले ४९ बलमा ४९ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए । वडा नम्बर २ का बलर प्रकाश केसीले ४ ओभर बलिङ गर्दै २० रन दिएर ३ विकेट लिएका थिए ।

१२४ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा आएको वडा नम्बर २ ले १४. ४ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाएको थियो । जसमा शासन खत्रीले १९ रन, प्रकाश केसीले ११ रन बाहेक अरु ब्याट्स म्यानले दोहरो अंक समेत छुन सकेनन् । बलिङतर्फ वडा नम्बर १ का बलर नवराज पौडेलले ३.४ ओभर बलिङ गर्दै १८ रन दिएर ३ विकेट लिएका थिए । म्यान अफद म्याच जगत शार्की थापा भएको दाङ जिल्ला किक्रेट संघका सचिव सन्जु क्षेत्रीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्