मौसम डायरी : तराई र पहाडमा अझै केही दिन गर्मी बढ्ने, स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकर्मीको सुझाव – Kanika Khabar
Friday, April 19Nepali News Portal

मौसम डायरी : तराई र पहाडमा अझै केही दिन गर्मी बढ्ने, स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकर्मीको सुझाव

    मा प्रकाशित

दाङ, २२ जेठ ।
नेपालमा दिनानुदिन गर्मी बढ्दै जान थालेको छ । अझ तराई क्षेत्रमा गर्मी झनै बढ्दै गएको छ । मौसमविद्का अनुसार तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको देखिन्छ । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ ।

अझै केही दिनको मौसम यस्तै रहने सम्भावना रहेका कारण मौसमविद्हरुले सतर्कता अपनाउन सुझाव दिएका छन् ।

यस्तै, पहाडी जिल्लामा पनि गर्मी बढेको छ । पहाडी केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली भए पनि पानी परेको छैन । गर्मी लगातार बढिरहेकाले खानपान र सरसफाइमा ख्याल गर्न स्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्किन, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा दीर्घ रोगीको विशेष ख्याल गर्नुपर्ने विज्ञको भनाइ छ । घाम चर्किएको बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे छाता ओढ्न वा टोपी लगाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

यस्तै, फलफूलको रस र शुद्ध पानी र धेरै पसिना बगे कहिलेकाहीँ जीवनजल पिउन, चिसो पानीले नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन, खेतबारीको काम सकभर बिहान र बेलुका मात्रै गर्न तथा दाल, सुप जस्ता नुनिलो झोल पदार्थ पिउन डाक्टरको सुझाव छ ।

गर्मी, तातो हावा र लू का कारण श्वास फेर्न गाह्रो भए, टाउको बेस्सरी दुखे, छाला रातो वा तातो भए र बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल लैजान डाक्टरको सल्लाह छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्