विश्व वातावरण दिवस : घोराहीमा वृक्षारोपण कार्यक्रम – Kanika Khabar
Friday, April 26Nepali News Portal

विश्व वातावरण दिवस : घोराहीमा वृक्षारोपण कार्यक्रम

    मा प्रकाशित

दाङ, जेठ २२
डिभिजन वन कार्यालय दाङले आज `BEAT PLASTIC POLLUTION . ” Refocusing on Solution to Plastic Pollution” `प्लाष्टिकजन्य पदार्थको निर्मूल पारौं, वातावरणमैत्री विकल्पको अभ्यास गरौं´
भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसका अवसरमा घोराहीमा वृक्षारोपण कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएकोे छ । अम्विकेश्वरी सव डिभिजन वन कार्यालयको परिसर सौन्दर्य बद्र्धक प्रजातीका विरुवाहरु धुपी सल्ला, एकाफाईला, गुलमोर विरेन्द्र फुल, पारीजात, कल्की लगाएतका वहुवर्षिक विरुवाहरु रोपिएको थियो ।
डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठको अध्यक्षता एवं घोराही उपमहनगरपालिकाका प्रमुख मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर प्रमुख चौधरीले भौतीक पुर्वाधारको विकासले वातवरणमा असर पुगेको बताउदै यसले इको सिस्टमनै विग्रन पुगेको बताउनुभयो ।
प्रमुख अतिथि चौधरीले वातावरण वाच्नका लागी नभई कुराहो भन्ने कुरा जान्दाजान्दै पनि यसको संरक्षणमा संवेदनशील हुन नसकेको वताउदै हरियाली प्रबद्र्धन गर्न र शहरलाई हरित शहर बनाउन विकास निर्माण कार्य गर्दा हरित पेटी अनिवार्य छाड्न सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

 

यस्तै कार्यक्रमका विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी शुशील वैद्यले वन र वातवारण संगसंगै जोडीएको विषय भएको वताउतै यसको संरक्षणमा सवैको दायित्व उत्तिकै महत्वपूर्ण रहेको वताउनु भयो । मौषम प्रतीकुलता वढदै गएको वताउदै वैद्यले यसका लागी वन तथा वातवरण संरक्षणमा जोड दिनुपर्ने वताउनु भयो ।

 

सहायक वन अधिकृत भक्त वहादुर चौधरीले स्वागत मनतव्य बाट शुरु गर्नु भएको कार्यक्रमको सहजीकरण सहायक वन अधिकृत एवं सूचना अधिकारी खिमवहादुर के.सी. ले गर्नुभएको भएको कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुखहरु, गैह्र सरकारी संघ संस्था, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन उपभोक्ता समूहका जिम्मेवार पदाधिकारीहरु, सव डिभिजन वन कार्यालयका प्रमुखहरु, स्थानिय बुद्धिजिवी र भद्रभलाद्मी र सर्व साधारणको वाक्लो उपस्थिती रहेको थियो ।

उपस्थित सवैलाई प्लाष्टिकजन्य पदार्थको निर्मूल पारौं, वातावरणमैत्री विकल्पको अभ्यास गर्न अनुरोध गर्दै संयुक्त राष्ट्र संघिय वातावरणीय कार्यक्रमले ५० औं वर्ष मनाएको र यसले वातावरणिय चिन्ता, अवको चालिस वर्षको रोड म्याम सुझाएको ।

 

अहिले सम्म प्लाष्टिकजन्य पदार्थको न्यून प्रयोग र निरुत्सहान सम्बन्धि १५ वर्ष मूख्य नारा तय गरी वातावरण दिवश मनाएकोले यसबाट प्लाष्टिकको प्रयोगका कारण वातावरणमा कति विकराल अवस्थाको सृजना भई रहको छ भन्ने ध्यानाकर्षण गराएको छ । प्लाष्टिकको न्यून प्रयोगका लागि ५ R ( Refuse, Reduce, Reuse, Recycle and Remind)
को व्यवहारिक प्रयोग गर्न कार्यक्रमको अध्यक्ष एवं डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले सुझाउनु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्