पश्चिम दाङमा जिप दुर्घटना हुँदा १२ जना घाइते – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पश्चिम दाङमा जिप दुर्घटना हुँदा १२ जना घाइते

    मा प्रकाशित

दाङ, २२ जेठ ।
पश्चिम दाङमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका ७ स्थित चरकमटियामा जीप दुर्घटना हुदा १२ जना घाइते भएका हुन् ।घाइते हुनेमा बबई ६ चरकमटिया निवासी ३३ वर्षिया रक्षिता शाह, घोराही ५ निवासी १२ वर्षिया कुष्मा विक, सोही ठाउँ निवासी ४२ वर्षिया सावित्रा विक, बबई ६ चरकमटिया निवासी ५५ वर्षिया चन्द्रा कुमारी हमाल रहेका छन् ।

त्यस्तै रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ४ सिम्पानी निवासी २३ वर्षिया पुष्पा बस्याल, सोही ठाउँ निवासी ४ वर्षिया विशिका बस्याल, बबई ६ निवासी ११ वर्षिय राकेश विक, सोही ठाउँ निवासी ६० वर्षिया तुलसी पुन रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा तुलसीपुर ५ निवासी २९ वर्षिय सुशिला थापा मगर, बबई ६ मलैखोला निवासी २१ वर्षिया तिला बुढाथोकी, बबई ६ कट्कुईया निवासी २० वर्षिया भवानी बस्नेत, सोही ठाउँ बस्ने २६ वर्षिया रमिता चौधरी घाइते भएका छन् ।

आज सोमबार दिउँसो सवा १ बजेतिर चरकमटियादेखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ६४० नम्बरको जीप नम्बर नखुलेको मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना हुदा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्