गढवामा घरेलु हिंसा लैगिक हिंसा तथा मानव बेचबिखन सम्बन्धी सचेतनामुलक कार्यक्रम – Kanika Khabar
Monday, February 16Nepali News Portal

गढवामा घरेलु हिंसा लैगिक हिंसा तथा मानव बेचबिखन सम्बन्धी सचेतनामुलक कार्यक्रम

    मा प्रकाशित

दाङ, २३ जेठ ।

स्वच्छ नेपालको आयोजना तथा गढवा गाउँपालिकाको सहयोगमा घरेलु हिंसा लैगिक हिंसा तथा मानव बेचबिखन सम्बन्धी सचेतनामुलक कार्यक्रम गढवा गाउँपालिका वडा नं ८ कोइलाबास मा सम्पन्न भएको छ।

स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरीको अध्यक्षता तथा वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकीको प्रमुख आतिथ्यतामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो। त्यस अबसरमा इलाका प्रहरी कार्यालय कोइलाबासका प्रमुख कुमार केसीले विभिन्न आश्वासन र प्रलोबनमा पारेर मानव वेचविखनका घटनाहरू घटि रहेको बताउनु भयो। उहाँले नचिनेको जो कोही मान्छेको बिश्वास गरेर न हिड्न समेत आग्रह गर्नु भयो। साथै आफ्ना बाल बालिका हरूलाई मानव वेचविखन को सिकार हुन बाट बच्नको लागि अभिभाबकको पनि महत्वपूर्ण भूमिका हुने उहाँको भनाई थियो। यस क्षेत्रमा अपरिचित जो कोही व्यक्ति पनि यहाँ देखिएमा इलाका प्रहरी कार्यालय मा जानकारी गराउन कार्यक्रम मा सहभागीहरुलाई आग्रह गर्नु भयो।यस्तै वडा सचिव तुलसी डंगोल ले यहाँ रोजगारी को अभाव को कारण ले अधिकांस नागरिक हरु छिमेकी मुलुक भारत तथा अन्य देशमा जानु पर्ने वाध्यता रहेको बताउनु भयो।केही गर्न चाहनेहरुको लागि यहाँ सहज वातावरण नभएकाले महिला दिदी बहिनीहरुले सामान्य पशुपालन र खेतीपाती गर्दै आएको उहाले बताउनु भयो।

सचेतना कार्यक्रममा शान्ति पुर्न स्थापना गृह कोइलाबास नाकाका सहजकर्ता सम्झना चनारा वडा सदस्य मिन पुन लगाएत ले बोल्नु भएको थियो। सचेतनामुलक कार्यक्रम को प्रशिक्षक मा महिला मानव अधिकर रक्षक सन्जाल दाङ्का अध्यक्ष सुशीला पाैडेल र पत्रकार महासघ दाङ्का उपाध्यक्ष वसुन्धरा गौतम रहनु भएको थियो।

सचेतनामुलक कार्यक्रम बारे जानकारी स्वच्छ नेपाल अध्यक्ष बिंदु गिरीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका संयोजक हेमराज अधिकारीले गर्नुभएको थियो। सचेतना कार्यक्रममा ४० जना महिला हरुको सहभागी रहेको थियो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्