प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव : पुस्तक तथा फोटो प्रदर्शनी गरिने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव : पुस्तक तथा फोटो प्रदर्शनी गरिने

    मा प्रकाशित

May be an image of 5 people, people studying and textदाङ, २३ जेठ ।
नेपाल चलचित्र विकास बोर्डको आयोनामा हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० मा पुस्तक तथा फोटो प्रदर्शनी गरिने भएको छ । आगामी असार १, २ र ३ गते दाङको घोराहीमा हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० मा पुस्तक तथा फोटो प्रदर्शनी गरिने भएको हो ।

आज मङ्गलबार पुस्तक तथा फोटो प्रदर्शनी उपसमितिका संयोजक सूर्य बिसीको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमलाई सभ्य तथा भब्य बनाउने निर्णय गरेको छ । बैठकले पुस्तक तथा फोटो प्रदर्शनीका लागि सम्पूर्ण विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिाभावकलाई उपस्थितिका लागि अपील गरेको छ ।

प्रदर्शनीमा एक हजारभन्दा बढी शीर्षकका पुस्तक प्रदर्शनीमा राखिने भएका छन् । त्यसो त नेपाली सिनेमा क्षेत्रका ऐतिहासिक तस्बीर तथा सिनेमा उपकरणलाई प्रदर्शनीमा राखिने संयोजक बिसीले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्