संस्कृत शिक्षालाई राज्यले विशिष्टिकृत गर्नुपर्छ: उपकुलपति प्रा.डा.लामिछाने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

संस्कृत शिक्षालाई राज्यले विशिष्टिकृत गर्नुपर्छ: उपकुलपति प्रा.डा.लामिछाने

    मा प्रकाशित

२४, जेठ रुरुधाम गुल्मी/

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले संस्कृत भाषालाई कर्मकाण्डीको भाषाका रुपमा मात्र नलिन आग्रह गर्नुभएको छ । रुरु संस्कृत विद्यापीठद्वारा आयोेजित अनुसन्धान तथा सोध प्रस्ताव तालिम तथो शिक्षक, कर्मचारी आवास र छात्राबास भवन उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. लामिछानेले संस्कृत भाषाविना अरु भाषाको अध्ययन अधुरो रहने बताउनुभयो ।
सँस्कृत शिक्षालाई हेर्ने दृष्टिकोणलाई राज्यले परिवर्तन गर्नुपर्ने बताउँदै उपकुलपति प्रा. डा. लामिछानेले संस्कृत शिक्षालाई राज्यले विशिष्टिकृत गर्नुपर्नेमा जोड दिनुभयो । ‘संस्कृत भाषालाई ब्राह्मणको भाषा भनेर सँकुचनमा राखियो । यसो गर्नुहुँदैन । सँस्कृत भाषाको विकासका लागि राज्यले गुरुकुलीय शिक्षामा लगानी बढाउँदै सँस्कृत भाषाप्रति उदार बन्नुपर्छ’, उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका सदस्य मुरलीमोहन वास्तोलाले मानव जीवनको कर्तव्यबोध गराउने शास्त्र संस्कृत शिक्षा भएकाले संस्कृत शिक्षाको विकास र उन्न्वयनमा लाग्न आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले शैक्षिक र प्रज्ञिक संस्थाले गर्ने अनुसन्धान मानवकै लागि उपयोगी हुने बताउँदै रुरुक्षेत्रमा रहेको गौरव रुरु संस्कृत विद्यापीठको भौतिक र शैक्षिक विकासका लागि गाउँपालिका सबै सहयोग र सहयात्राका लागि तयार रहेको बताउनुभयो ।
रुरु संस्कृत विद्यापीठका प्राचार्य खगेश्वर गौतमको अध्यक्षतामा भएको पहिलो शत्रको कार्यक्रममा प्राध्यापक कृष्ण पौडेल, विष्णु दाहाल, शम्भुराज गौतम, नवराज पाण्डेले आफ्नो धारणा राख्नुभएको थियो ।
उपकुलपति प्रा.डा. लामिछानेलाई दीर्घसेवा पदक
रुरुधाम गुल्मी÷नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने दीर्घसेवा पदकबाट सम्मानीत हुनुभएको छ । संस्कृत वाङ्मयलगायत शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै रुरुक्षेत्र गाउँपालिका, सँस्कृत र साधारण माध्यमिक विद्यालय रिडी र रुरु संस्कृत विद्यापीठले उपकुलपति प्रा.डा. लामिछानेलाई संयुक्तरुपमा दीर्घ सेवा पदक प्रदान गरेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयका सेवा आयोगका सदस्य मुरलिमोहन वास्तोला, लामो समय अध्यापन गरेका प्राध्यापक नवराज पाण्डे र लक्ष्मण घिमिरेलाई पनि दीर्घसेवा पदकबाट सम्मानीत गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्