आज प्रतिनिधिसभाको बैठक बस्दै – Kanika Khabar
Monday, February 16Nepali News Portal

आज प्रतिनिधिसभाको बैठक बस्दै

    मा प्रकाशित

दाङ, २४ जेठ ।
आज बस्ने प्रतिनिधिसभाको बैठक पनि आर्थिक वर्ष २०८० /८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल जारी राख्ने भएको छ। प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबार सुरु भएको हो।

मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिएपछि बजेट माथि छलफल सुरु भएको थियो। सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा बोलेका थिए। त्यसक्रममा ओलीले अर्थमन्त्रीलाई यसपटक शंकाको सुविधा दिएको जनाएका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्