घोराही नगर खेलकुद विकास समितिको संयोजकमा पुन – Kanika Khabar
Friday, March 29Nepali News Portal

घोराही नगर खेलकुद विकास समितिको संयोजकमा पुन

    मा प्रकाशित

दाङ,२३ जेठ ।

घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा नरेन्द्र पुनमगर चयन भएका छन् ।

घोराही उपमहानगरपालिका–१४ निवासी पुनमगरलाई घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले आज बुधवार नगर खेलकुद विकास समितिको संयोजकमा मनोनयन गरेका हुन ।

घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७९ को दफा ३ को उपदफा (१) बमोजिम समितिको संयोजकमा मनोनयन गरिएको नगर प्रमुख नरुलाल चौधरीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि खेलकुद क्षेत्रमा संक्रिय पुन दाङ जिल्ला फुटवल संघका निवर्तमान महासचिव एवं नवलपुर फुटवल एकेडेमीका सचिव हुन । उनी फुटवलका पूर्व राष्ट्रिय खेलाडी समेत हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्