घोराही नगर खेलकुद विकास समितिको संयोजकमा पुन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

घोराही नगर खेलकुद विकास समितिको संयोजकमा पुन

    मा प्रकाशित

दाङ,२३ जेठ ।

घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा नरेन्द्र पुनमगर चयन भएका छन् ।

घोराही उपमहानगरपालिका–१४ निवासी पुनमगरलाई घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले आज बुधवार नगर खेलकुद विकास समितिको संयोजकमा मनोनयन गरेका हुन ।

घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७९ को दफा ३ को उपदफा (१) बमोजिम समितिको संयोजकमा मनोनयन गरिएको नगर प्रमुख नरुलाल चौधरीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि खेलकुद क्षेत्रमा संक्रिय पुन दाङ जिल्ला फुटवल संघका निवर्तमान महासचिव एवं नवलपुर फुटवल एकेडेमीका सचिव हुन । उनी फुटवलका पूर्व राष्ट्रिय खेलाडी समेत हुन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्