गुणस्तरीय शिक्षाका लागि स्तरीकृत परीक्षा : अध्यक्ष शर्मा (भिडियोसहित) – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

गुणस्तरीय शिक्षाका लागि स्तरीकृत परीक्षा : अध्यक्ष शर्मा (भिडियोसहित)

    मा प्रकाशित

दाङ, २५ जेठ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गुणस्तरीय शिक्षाका लागि स्तरीकृत परीक्षा आवश्यक रहेको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने शिक्षा विवेचना कार्यक्रममा अन्तर्वार्ता दिनेक्रममा अध्यक्ष शर्माले विश्वसनयता र वैधता बढाउन स्तरीकृत परीक्षा आवश्यक रहेको बताएका हुन् ।
‘एउटै पाठ्यक्रम एउटै समयमा अध्यापन गराउँदा पनि विद्यालय, पालिका, प्रदेश तथा जिल्लाको नतिजा तुलनायोग्य छैन । एसइइ परीक्षामा फरक फरक प्रदेशमा फरक फरक प्रश्नपत्र हुनेभएका कारण पनि समान मूल्याङ्कन हुन सकेको छैन । एउटै पाठ्यक्रम र एउटै स्तरका विद्यार्थीको मूल्याङ्कन प्रणाली समान समाउन जरुरी छ । एउटै पाठ्यक्रममको परीक्षा समान प्रश्नपत्र र समान तरिकाको चेकजाँज गरेर नजिता निकाल्ने प्रणालीलाई स्तरीकृत परीक्षा भन्ने गरेका छौँ ।’ अध्यक्ष शर्माले बताए । बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गर्न थालेको अध्यक्ष शर्माले बताए।

बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन । ज्ञान, बोध, प्रयोग र उच्च क्षमताका प्रश्नहरु निर्माण गरिने अध्यक्ष शर्माले बताए । बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । त्यसका लागि नेपालभरका २५० जना शिक्षकहरुलाई देशभरका प्रश्नपत्रको स्तर एउटै बनाउनको लागि प्रशिक्षण दिइसकेको जनाएको छ ।

बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । सतरीकृत परीक्षामा पाठ्यपुस्तकका आधारमा भन्दा पाठ्यक्रमका आधारमा शिक्षण सिकाइ गर्नुपर्ने अध्यक्ष शर्माले बताए ।

भिडियो स्रोत : एनटिभी

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्