क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. १५ लाई – Kanika Khabar
Friday, April 19Nepali News Portal

क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. १५ लाई

    मा प्रकाशित

हिमाल महरा
घोराही,२६ जेठ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा घोराही उपमहानगरपालिको सहयोगमा भएको वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि घोराही उपमहानगरपालिका वडा नं.१५ ले हात पारेको छ ।

घोराही उपमहानगरपालिका–१७ स्थीत घोराही रंगशालामा भएको प्रतियोगिताको फाईनल खेलमा वडा नम्बर ६ लाई ५० रनले पराजित गर्दै वडा नम्बर १५ ले उपाधी चुमेको हो । उपाधीसंगै उसले नगद ३० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

पराजित वडा नम्बर ६ उपबिजेतामा सिमित रहदै नगद २० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । २० ओभरको खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रिएको वडा नम्बर १५ले पुरै २० ओभर खेल्दै २ बिकेटको क्षेतीमा १६४ रन जोड्न सफल भएको थियो ।
जसमा विषम थापाले सर्वाधिक ५९ रनको योगदान दिए भने आशिष वलीले ५९ रन जोडे । बलिङतर्फ वडा नम्बर ६का सन्तोष केसीले २ विकेट लिए । १६५ रनको बिजयी लक्ष्य पछ्याएको वडा नम्बर ६ ले पुरै २० ओभर खेल्दै ९ बिकेट गुमाउँदै ११५ रन मात्र जोड्न सक्यो । जसमा केशव अधिकारीले ३९ रन बनाए । बलिङतर्फ वडा नम्बर १५ का शिशिर डिसीले ३ विकेट लिए । प्रतियोगितामा आशिष् वली म्याच अफ द फाईनल बने ।

पहिलो संस्करण सफलता पूर्वक सम्पन्न भएको भन्दै दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले वडास्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । प्रतियोगितामा घोराही उपमहानगरपालिकाका ९ वटा वडाका टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गौयाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगिताको म्यान अफ द सिरिज वडा नम्बर १५ का शिशिर डाँगी, वेस्ट ब्याट्स म्यान वडा नं. ६ का आकाश चौधरी, वेस्ट बलर वडा नम्बरका १५ आशिष वली र राईजिङ प्लेयर वडा नम्बरका १७ नरेश पाण्डे घोषित भएको दाङ क्रिकेट संघका सचिव सन्जु क्षेत्रीले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण दाङ क्रिकेट संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश क्रिकेट समितिका सदस्य किशोरचन्द गौतमले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्