बाल विकासमा चुनावी प्रक्रियाबाट क्याप्टेन छनाैट – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बाल विकासमा चुनावी प्रक्रियाबाट क्याप्टेन छनाैट

    मा प्रकाशित

दाङ, २६ जेठ

दाङकाे घाेराहीस्थित बाल विकास माविमा चुनावी प्रक्रियाबाट स्कुल क्याप्टेन र सह क्याप्टेन छनाैट गरिएकाे छ ।

आज शुक्रबार भएकाे निर्वाचनबाट स्कुल क्याप्टेन र सह क्याप्टेन निर्वाचित भएका हुन् ।

स्कुल क्याप्टेनमा छात्रतर्फ कक्षा १० याकुजा वली विजयी भएका छन् । उनले ३६० मत प्राप्त गरेका थिए ।

त्यस्तै स्कुल क्याप्टेनमा छात्रातर्फबाट कक्षा १० की दिलसा चाैधरी २६१ मत लिएर विजयी भएकी छिन् ।

स्कुल सह क्याप्टेनमा छात्रतर्फ कक्षा १० का सुशील भण्डारी र छात्रातर्फ कक्षा १० का निमा बिक विजयी भएका छन् । भण्डारीले २५१ र बिकले २५६ मत प्राप्त गरेका थिए ।

विद्यार्थीलाई चुनावी प्रक्रियाका बारेमा व्यावहारिक ज्ञान दिनका लागि स्कुल क्याप्टेन र सह क्याप्टेनकाे उम्मेदवारी दर्ता गराएर चुनाव गराइएको मतदान अधिकृत लक्ष्मी केसीले बताइन् ।

निर्वाचनका कक्षा ६ देखि १० सम्मका ९२७ विद्यार्थी मतदाताका रूपमा रहेका थिए । निर्वाचनमा ८८७ मत खसेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्