१८७ औं शृङ्खलामा “काेराभित्रका व्यथाहरू” कृतिको समीक्षा – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

१८७ औं शृङ्खलामा “काेराभित्रका व्यथाहरू” कृतिको समीक्षा

    मा प्रकाशित

दाङ,२६ जेठ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै अाईरहेकाे कृति समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।

परिषद् जिल्ला शाखा दाङकाे अायाेजनामा १८७अाैँ शृङ्खलामा साहित्यकार हरिप्रसाद पौडेल “स्वर्ण शिखा”काे “काेराभित्रका व्यथाहरू” खण्डकाव्यकाे समीक्षा गरिएकाे हाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मज्गैयाकाे प्रमुख अातिथ्यता तथा
राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषाेत्तम खनालकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

साे कृति समीक्षा कार्यक्रममा “काेराभित्रका व्यथाहरू” खण्डकाव्यकाे समीक्षा वरिष्ठ साहित्यकार गणेश विशमले गर्नु भएकाे थियाे । समीक्षा कार्यक्रममा प्रमुख अतिथी उत्तमकृष्ण मज्गैया, विशिष्ट अतिथी पुरूषाेत्तम खनाल, वरिष्ठ साहित्यकार तथा समालोचक नारायण नेपाललगायतले मन्तब्य व्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्र्साद शर्मा, राप्ती साहित्य परिषद् जिल्ला शाखाका सल्लाहकारहरू डा लाेकराज पराजुली, कमलमणि देवकोटा, नगेन्द्र गुरू, लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने, अक्षकाेष संस्थापक चन्द्रप्रकाश देवकोटा, साहित्यकार रामप्रसाद जैसी, नरेशजंग राणा, प्रदीप श्रेष्ठ, क्षितिज मगर, हिरा डिसी, धनसिङ गिरी, गिरिराज पन्थी, सुरेशकुमार पाण्डे, वीणा राेका, मुरारीकुमार अर्याल, एकराज शर्मा अधिकारी, कृति डिसी, श्रवण नेपाली, बिक्रम वली (नेपाली बावु) लगायतकाे उपस्थिति रहेकाे थियाे ।

परिषद् दाङ शाखाका उपाध्यक्ष शारदा शर्माकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजिकरण परिषद् दाङ शाखाका सचिव प्रकाश के सीले गर्नु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्