जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई शैक्षिक सामग्री – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई शैक्षिक सामग्री

    मा प्रकाशित

शिव राज खनाल
दाङ, २७ जेठ ।

आफनो जन्मदिनको सुखद अवसरमा लमही नगरपालिकाका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । देउखुरी उद्योग बाणिज्य संघका सदस्य , लमही जेसिजका सदस्य , देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक व्यावसायी समितिका निवर्तमान कोषाध्यक्ष तथा युनिक मोबाइल रिपेरिङ सेन्टरका संचालक लुमाकान्त बोहराले लमही नगरपालिका वडा नम्बर ७ मा स्थित अर्जुन मावि हसनापुरमा अध्ययनरत २ जना विद्यार्थीलाई ८ हजार मुल्यको शैक्षिक सामग्री सहयोग प्रदान गरेको गरेका हुन ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता बोहराले बताए । विद्यार्थीलाई शैक्षिक गतिविधिमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी बोहराको भनाई छ ।

अर्जुन माबी हस्नापुरका शिक्षक लक्ष्मण चौधरीले बोहरा लाई जन्मदिनको शुभकामना दिदै बोहराले जस्तै अन्य युबाले पनि होटल तथा रेस्टुरेन्टमा गएर फजुल खर्च गर्नु भन्दा सामाजिक क्षेत्रमा लगाएमा कसैलार्इ सहयोग पुग्ने बताए ।

बोहरा ३५ बर्ष पुगेको उपलक्ष्यमा विद्यार्थीहरुलाई , झोला , विद्यालय पोसाक , कपी, कलम लगायतका शैक्षिक सामग्री सहयोग गरेका हुन । उनी सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्